प्रधानमन्त्रीद्वारा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निरीक्षण
१ फागुन,कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटास्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् ।
सोमबार बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको अनुगमन गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।
कैलालीमा प्रधानमन्त्रीले गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
सरकारले आइतवार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । सरकारले आर्थिक वर्ष २०६६-०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो । तर प्रारुपबारे २०६५ देखि नै अन्योलता देखिएको हो । यहाँ ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएको छ । जहाँ छात्र-छात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शवदाह घर, अक्सिजन प्लान्ट र थप ३ सय शैयाको अस्पतालको भौतिक संरचना निर्माण भएका छन् ।
साविक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो । यद्यपि सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको थियो । २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । भने आव २०७७÷०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो । तर हालसम्म नभएको हो । भौतिक संरचना निर्माण कार्य २०७३ सालदेखि अघि बढेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply