अनेरास्ववियुको २३ औं महाधिवेशन शुरु
२ फागुन, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । प्रत्येक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन यसबीचमा पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो ।
मध्यान्ह १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रज्ञा भवनमा उद्घाटन गर्ने अनेरास्ववियुको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एमाले केन्द्रीय सदस्य तथा अखिल इन्चार्ज माधव ढुंगेलका अनुसार अध्यक्षमा सर्वसम्मतिको प्रयास जारी छ ।
विशेषगरी बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच सहमति कायम हुन सके अध्यक्षलगायत मुख्य पदमा चुनाव नहुने बताइएको छ । तर अध्यक्षमा सहमतिको सम्भावना नभएकाले अधिकांश पदमा चुनाव हुने देखिएको छ ।
अध्यक्षका एकजना दाबेदार प्रतिस्पर्धाबाट रोक्ने हो भने आफूले आत्मदाह गर्ने चेतावनी समेत दिएपछि यसपटक पार्टीले सहमति भनेर कुनै एउटालाई नबोक्ने नीति लिएको नेताहरुले बताएका छन् ।
प्यानल बनाउँन नदिई व्यक्तिगत प्रतिस्पर्धा गर्न दिने र पार्टीको तर्फबाट कोही पनि आधिकारिक उम्मेदवार नहुने समन्वय संयन्त्रकी सहइन्चार्ज रचना खड्काले बताएकी छन् । अखिलमा हुने चुनावले अन्य जनसंगठनहरुलाई पनि सहज हुने नेताहरुको भनाइ छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
अनेरास्ववियुको महाधिवेशन उद्घाटनलगत्तै अध्यक्ष मण्डलको घोषणा हुने कार्यक्रम छ ।
जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा गठन हुने अध्यक्ष मण्डलमा इन्चार्ज माधव ढुंगेलसहित उनीपछिका अखिल अध्यक्षहरु किशोरविक्रम मल्ल, नविना लामा, ऐन महरसहित पूर्व इन्चार्जहरु रहने बताइएको छ ।
अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सन्चालनका लागि पार्टीको निर्वाचन आयोगलाई जिम्मा दिएको छ । निर्वाचन आयोगका सदस्य कुमार खकुरेलको नेतृत्वमा निर्वाचनको प्रक्रिया अघि बढ्ने इन्चार्ज ढुंगेलले बताए । यसपटक अखिलमा चुनावबाटै नेतृत्व चयन हुने उनले बताए ।
निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरेर विद्युतीय भोटिङ मेसिनमार्फत चुनाव गराउँनेछ ।
आजै बेलुकासम्म सबै काम सकेर बुधवार दिनभर मनोनयन प्रक्रिया थालिने र सोही साँझ अन्तिम नामावली प्रकाशन गरेर विहीवार मतदान हुने बताइएको छ ।
अनेरास्ववियुको यो महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply