ल्होत्से मलको मोबाइल पसल तोडफोड, आठ करोड बढीको क्षति
२ फागुन, काठमाडौं । सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यातायात व्यवसायीले उग्र आन्दोलन गरे । आन्दोलनका कारण उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो ।
यसैबीच आन्दोलनका नाममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट भएको छ । सडकमा तोडफोड र आगजनी भइरहेको बेला ल्होत्से मलमा प्रवेश गरेको समूहले मलभित्र रहेका पसलहरु तोडफोड गरी लुटपाट गरेको हो ।
मलको मुखैमा रहेका मोबाइल स्टोरहरुबाट करोडौं मूल्यका मोबाइल साथै अन्य समानहरु लुटिएको छ । अन्य पसलहरुबाट पनि सामान लुटिएको छ । नयाँ बसपार्कको ब्यवस्थापन लिएको ल्होत्से समूहले यातायात व्यवसायीमाथि हातपात गरेको भन्दै ल्होत्से समूहको ल्होत्से मलमा आक्रमण गरेका हुन् ।
आन्दोलनका नाममा करोडौंको चोरी भएको ल्होत्से मलका व्यवसायीहरुले बताएका छन् । सीसीटिभी फुटेजको आधारमा लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
उक्त मोबाइल पसका प्रोपाइटर अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो । पीडित व्यवसायीले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिए । चालिसे नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत हुन् ।
देशभरका मोबाइल व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने विषयमा समर्थन समेत जनाएका छन् । साथै अन्य व्यवसायीहरुको समेत समर्थन रहेको नेपाल मोबाइल व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply