ल्होत्से मलको मोबाइल पसल तोडफोड, आठ करोड बढीको क्षति
२ फागुन, काठमाडौं । सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा यातायात व्यवसायीले उग्र आन्दोलन गरे । आन्दोलनका कारण उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो ।
यसैबीच आन्दोलनका नाममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट भएको छ । सडकमा तोडफोड र आगजनी भइरहेको बेला ल्होत्से मलमा प्रवेश गरेको समूहले मलभित्र रहेका पसलहरु तोडफोड गरी लुटपाट गरेको हो ।
मलको मुखैमा रहेका मोबाइल स्टोरहरुबाट करोडौं मूल्यका मोबाइल साथै अन्य समानहरु लुटिएको छ । अन्य पसलहरुबाट पनि सामान लुटिएको छ । नयाँ बसपार्कको ब्यवस्थापन लिएको ल्होत्से समूहले यातायात व्यवसायीमाथि हातपात गरेको भन्दै ल्होत्से समूहको ल्होत्से मलमा आक्रमण गरेका हुन् ।
आन्दोलनका नाममा करोडौंको चोरी भएको ल्होत्से मलका व्यवसायीहरुले बताएका छन् । सीसीटिभी फुटेजको आधारमा लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
उक्त मोबाइल पसका प्रोपाइटर अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो । पीडित व्यवसायीले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिए । चालिसे नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत हुन् ।
देशभरका मोबाइल व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने विषयमा समर्थन समेत जनाएका छन् । साथै अन्य व्यवसायीहरुको समेत समर्थन रहेको नेपाल मोबाइल व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply