संसद् भवन अगाडिबाट विनु यादव पक्राउ
३ फागुन, काठमाडौँ । घरेलु हिंसामा परेकी विनु यादव संघीय संसद भवन अगाडिबाट पक्राउ परेकी छन् । यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनमा सहभागी पीडित विनु यादवसहित चार महिलालाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले यादवसहितका महिलालाई पक्राउ गरेको हो ।
आज (बुधबार) संसद् बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद भवन बाहिर सडकमा महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।
कपिलवस्तु जिल्ला अदालतका पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमतीसहितका महिलाहरूले बुधबार दिउँसो प्रदर्शन गरेका थिए । प्रहरीले गिरीकी श्रीमतीसहित चार जना महिलाहरूलाई पक्राउ गरेको छ । जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।
विनुले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् । पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । केही अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply