संसद् भवन अगाडिबाट विनु यादव पक्राउ
३ फागुन, काठमाडौँ । घरेलु हिंसामा परेकी विनु यादव संघीय संसद भवन अगाडिबाट पक्राउ परेकी छन् । यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनमा सहभागी पीडित विनु यादवसहित चार महिलालाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले यादवसहितका महिलालाई पक्राउ गरेको हो ।
आज (बुधबार) संसद् बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद भवन बाहिर सडकमा महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।
कपिलवस्तु जिल्ला अदालतका पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमतीसहितका महिलाहरूले बुधबार दिउँसो प्रदर्शन गरेका थिए । प्रहरीले गिरीकी श्रीमतीसहित चार जना महिलाहरूलाई पक्राउ गरेको छ । जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।
विनुले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् । पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । केही अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply