चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता
३ फागुन,काठमाडौं । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।
यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए ।
अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वाेच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो ।
रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले तयारी गरेको हो । मंसिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार एक सय ६५ मतदातामध्ये ८२ हजार नौ सय ३४ मत खसेको उनले जानकारी दिए । सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा पाँच सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरुले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली सङ्कलनको काम रोकिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply