कांग्रेस नेता भण्डारी को अवस्था जटिल, थप उपचारका लागि भारत लगिँदै
४ फागुन, काठमाडौँ । ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत उनीहरूलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको अस्पतालकी मेडिकल डिरेक्टर डा. निजिमा ताम्राकारले जानकारी दिइन् ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार थप उपचारको लागि आवश्यक परे भारत लैजानेबारे चिकित्सकहरुसँग परामर्श गरिँदैछ । भारतमा पाइने उपचार र प्रविधि नेपालमै भए यतै उपचार गर्ने, नभए भारतको मुम्बई लगिने तयारी गरिएको शर्माले बताए ।
विष्फोटमा परी भण्डारीको ८६ वर्षकी आमा हरिकलाको ७० प्रतिशत शरीर जलेकी छन् । २५ प्रतिशत शरीर जलेका सांसद् भण्डारीको पनि आइसियुमा उपचार भइरहेको छ । चन्द्रको फोक्सो र श्वासनलीमा पनि असर देखिएको छ । सांसद् भण्डारीको पूर्ण रिपोर्ट आउन बाँकी छ। अहिले ‘कुलिङ’ मात्र गराइएको शर्माले जानकारी दिए । जलेका बिरामीलाइ सुरुमा ‘कुलिङ’ प्रविधिबाट उपचार गराइन्छ ।
काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति करिब साढे नौ बजे भण्डारी पुगेका थिए । घर पुगेको केही समयमा नै विष्फोट भएको थियो । आमा भान्सामा गएको बेला विष्फोट भएको र आमालाई बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ ।
ठूलो आवाजसहित विष्फोट भएर आमाछोरा जलेको देखेपछि माथिल्लो तलामा बस्ने उनका भाई र अन्य छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए । विष्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply