कांग्रेस नेता भण्डारी को अवस्था जटिल, थप उपचारका लागि भारत लगिँदै
४ फागुन, काठमाडौँ । ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत उनीहरूलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको अस्पतालकी मेडिकल डिरेक्टर डा. निजिमा ताम्राकारले जानकारी दिइन् ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार थप उपचारको लागि आवश्यक परे भारत लैजानेबारे चिकित्सकहरुसँग परामर्श गरिँदैछ । भारतमा पाइने उपचार र प्रविधि नेपालमै भए यतै उपचार गर्ने, नभए भारतको मुम्बई लगिने तयारी गरिएको शर्माले बताए ।
विष्फोटमा परी भण्डारीको ८६ वर्षकी आमा हरिकलाको ७० प्रतिशत शरीर जलेकी छन् । २५ प्रतिशत शरीर जलेका सांसद् भण्डारीको पनि आइसियुमा उपचार भइरहेको छ । चन्द्रको फोक्सो र श्वासनलीमा पनि असर देखिएको छ । सांसद् भण्डारीको पूर्ण रिपोर्ट आउन बाँकी छ। अहिले ‘कुलिङ’ मात्र गराइएको शर्माले जानकारी दिए । जलेका बिरामीलाइ सुरुमा ‘कुलिङ’ प्रविधिबाट उपचार गराइन्छ ।
काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति करिब साढे नौ बजे भण्डारी पुगेका थिए । घर पुगेको केही समयमा नै विष्फोट भएको थियो । आमा भान्सामा गएको बेला विष्फोट भएको र आमालाई बचाउन जाँदा भण्डारी पनि घाइते भएको बुझिएको छ ।
ठूलो आवाजसहित विष्फोट भएर आमाछोरा जलेको देखेपछि माथिल्लो तलामा बस्ने उनका भाई र अन्य छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए । विष्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply