सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभामुख घिमिरे र देउवा अस्पतालमा
४ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।
बिहीबार बिहान अस्पताल पुग्नु भएका देउवाले ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यसैबीच, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।
सभामुख घिमिरेले कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीसँग भण्डारीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका छन् । सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न पार्टीका नेता कार्यकर्ता कीर्तिपुर अस्पताल पुगेका छन् । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनीहरुलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply