४ फाल्गुन २०७९, बिहीबार ०६:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन
४ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारका अनुसार १० बजेर ५८ मिनेटमा आमा हरिकलाको निधन भएको हो ।
सिलिण्डर ग्यास विस्फोट भएपछि गए राति उनीहरुलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विष्फोटबाट गए राति घाइते भएका थिए ।
सिलिण्डर विष्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालका डाक्टरको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईमा रहेको नेशनल बर्न अस्पताल लैजाने तयारी गरिएको उनका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply