नुवाकोट बस दुर्घटना : तीन जनाको मृत्यु , २० जना घाइते
४ फागुन, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ चैनपुरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–३ का ७३ वर्षीय बाबुराम दर्जी र तारकेश्वर गाउँपालिका घर भई विदुर नगरपालिका–६ मा बस्ने ६ वर्षीय रामप्रसाद अर्याल रहेका छन् ।
बट्टार स्थित हावाघरबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ४५ नम्बरको बस अपराह्न ४ बजे दुर्घटना हुँदा २ जनाको घटनास्थलमा र १ जनाको त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
अस्पतालमा मृत्यु हुने महिलाको नाम खुल्न बाँकी छ । दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । घाइतेको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालक र सहचालक प्रहरीको सम्पर्कमा नरहेको समेत प्रवक्ता खड्काले बताए । दुर्घटना हुनुको कारण खुलेको छैन । बस सडकबाट करिव ५० मिटर तल खसेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply