नेपाललाई स्कटल्याण्डले दियो २७५ रनको लक्ष्य
५ फागुन,काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ स्कटल्याण्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो ।
स्कटल्याण्डले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २७४ रन बनाएको हो । स्कटल्याण्डका लागि मिचेल लिस्क एक्लैले १०७ रन बनाए। सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले ८५ बलमा ९ छक्का र ३ चौकाको मद्दतमा अविजित १०७ रन बनाएका हुन् ।
यस्तै ओपनर क्रिस्टोफर म्याक ब्रिज र ब्रान्डन म्याकमुलेनले समान २२ तथा कप्तान रिची बेरिङटन र तोमस म्याकिन्सले समान १९ रन बनाए । क्रिस ग्रिभ्सले १६ रन जोडे भने यसै खेलबाट ओडीआईमा डेब्यु गरेका ज्याक जर्भिसले २६ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए भने कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर १ १ विकेट लिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply