प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त
९ फागुन, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्।
फागुन १ गतेदेखि उनी परराष्ट्र सल्लाहकारमा नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै उनले काम गरिरहेका थिए।
रुपक पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्।
उनी नेपालको परराष्ट्र नीति र छिमेकी मुलुकबीचको सम्बन्धका विषयमा नयाँ रणनीति अख्तियार गर्नुपर्ने विश्लेषण गर्दै आइरहेका छन्।
अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक थिए।
यस्तै प्रधानमन्त्रीको प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य नियुक्त भएका छन्। यस्तै, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन्।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भने अझै नियुक्त भएका छैनन्।
यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका थिए।
यस्तै, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सुर्य किरण शर्मा नियुक्त भएका थिए। प्रधानमन्त्रीको स्वकीय सहसचिवमा गोकर्णप्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भइसकेका छन्।
प्रधाानमन्त्री नियुक्त भएकै दिन मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका थिए। यस्तै, शिव खकुरेल पनि प्रधानमन्त्रीको सचिवालयमा छन्।
फोटो स्पेशलिस्टमा प्रदीपराज वन्त छन्।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply