देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता
२२ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।
श्रोतका अनुसार भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको बताए । जवाफमा देउवाले ‘तपाईं राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा आफ्नै उम्मेदवार रहेको स्मरण गराए । कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन् ।
नेताहरुबीच राष्ट्रपति निर्वाचनका अलावा अन्य राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल (कांग्रेस र एमाले) एकै ठाउँमा रहेर अधिकतम एउटै धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
राजनीतिक स्थिरता र दिगो विकासका लागि समेत ठूला दल मिल्नुको विकल्प नरहेको नेम्वाङको भनाइ थियो । जवाफमा देउवाले कांग्रेसले आवश्यकताका आधारमा सबै दलसँग सहकार्य गर्दै आएको बताएका श्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply