काठमाडौँसहित देशका पहाडी भेगमा वर्षाको सम्भावना
२४ फागुन, काठमाडौँ ।आज काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशभरकै पहाडी भेगमा वर्षाको सम्भावना देखिएकाले कुन ठाउँमा पानी पर्छ भनेर ठ्याक्कै तोक्न नसकिने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए।
‘अहिले पहाडमा सबैतिर बादल छ, त्यसैले पहाडी क्षेत्रका जुनसुकै स्थानमा पानी पर्न सक्छ, अलि बढी सम्भावना गण्डकी प्रदेशमा देखिएको छ’, उनले भने, ‘ठ्याक्कै भन्न सकिँदैन, काठमाडौँकै हकमा पनि आज पानी पर्ने सम्भावना त छ, तर जिल्लाभरि पर्दैन।
अहिलेको प्रणालीले खण्डखण्डमा पानी पार्ने भएकाले स्थान किटान गर्न गाह्रो हुने उनले बताए। यसैले पहाडी क्षेत्रका थोरै स्थानमा पानी पर्ने भनेर लेखिएको उनको भनाइ छ।
महाशाखाका अनुसार आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
यस्तै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply