२५ फाल्गुन २०७९, बिहीबार ०२:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको बैठक आज (बिहीबार) बस्दैछ । पार्टीका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले आजको राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।
रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् । एक सांसदका अनुसार राष्ट्रपतिमा मत कुनै एक उम्मेदवारलाई हाल्नै पर्ने बाध्यकारी अवस्था नबनाउने पक्षमा रास्वपा छ ।
राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा सत्तारुढ आठ दलबाट नेपालीरण् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ प्रतिष्पधामा छन् । मतदान प्रक्रिया बिहान १० बजेबाट सुरु हुँदैछ । आज साँझ मुलुकले नयाँ राष्ट्रपति पाउँदैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply