एक दिवसीयमा हजार रन पुरा गरेकै दिन आसिफको पहिलो शतक
२५ फागुन, काठमाडौं । नेपाली ओपनिङ ब्याटर आसिफ सेखले एक दिवसीय क्रिकेटमा व्यक्तिगत एक हजार रन पुरा गरेकै दिन आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम श्रृंखलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको जारी खेलमा आसिफले शानदार शतक बनाएका हुन् ।
पछिल्लो आसिफको ब्याटिङ सानदार फर्ममा देखिएको छ । यसअघि युएईमा भएको श्रृंखला अन्तर्गत पपुवा न्युगिनीविरुद्धको अन्तिम म्याचमा पनि उनले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८६ रन बनाएका थिए ।
आजको म्याचमा उनले एक सय एक बलमा दुई छक्का र दश चौकाको सहायताले शतक पूरा गरे । यसक्रममा उनले कुशल भुर्तेलसँगै एक सय १० रनको शतकीय साझेदारी गरी नेपाललाई सुदृढ शुरुवात गराए । पिएनजीका फिल्डरबाट दुईपटक जीवनदान पाएका आसिफले त्यसको भरपूर लाभ उठाए ।
एक दिवसीय म्याचमा यो उनको पहिलो शतक हो । यी २१ वर्षीय विकेटकिपर ब्याटरले सात अर्धशतक बनाएका छन् । यसबीच उनले एक दिवसीय म्याचमा एक हजार रन पूरा गरेका छन् ।
७ सेप्टेम्बर २०२१ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका आसिफले ३२औँ म्याचमा एक हजार रन पूरा गरे । उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । एक दिवसीयमा सबभन्दा धेरै रन बनाउने रेकर्ड कप्तान रोहितकुमार पौडेलको नाममा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply