एक दिवसीयमा हजार रन पुरा गरेकै दिन आसिफको पहिलो शतक
२५ फागुन, काठमाडौं । नेपाली ओपनिङ ब्याटर आसिफ सेखले एक दिवसीय क्रिकेटमा व्यक्तिगत एक हजार रन पुरा गरेकै दिन आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम श्रृंखलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको जारी खेलमा आसिफले शानदार शतक बनाएका हुन् ।
पछिल्लो आसिफको ब्याटिङ सानदार फर्ममा देखिएको छ । यसअघि युएईमा भएको श्रृंखला अन्तर्गत पपुवा न्युगिनीविरुद्धको अन्तिम म्याचमा पनि उनले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८६ रन बनाएका थिए ।
आजको म्याचमा उनले एक सय एक बलमा दुई छक्का र दश चौकाको सहायताले शतक पूरा गरे । यसक्रममा उनले कुशल भुर्तेलसँगै एक सय १० रनको शतकीय साझेदारी गरी नेपाललाई सुदृढ शुरुवात गराए । पिएनजीका फिल्डरबाट दुईपटक जीवनदान पाएका आसिफले त्यसको भरपूर लाभ उठाए ।
एक दिवसीय म्याचमा यो उनको पहिलो शतक हो । यी २१ वर्षीय विकेटकिपर ब्याटरले सात अर्धशतक बनाएका छन् । यसबीच उनले एक दिवसीय म्याचमा एक हजार रन पूरा गरेका छन् ।
७ सेप्टेम्बर २०२१ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका आसिफले ३२औँ म्याचमा एक हजार रन पूरा गरे । उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । एक दिवसीयमा सबभन्दा धेरै रन बनाउने रेकर्ड कप्तान रोहितकुमार पौडेलको नाममा छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply