प्रधानमन्त्री प्रचण्ड र बेलायती विदेशराज्यमन्त्री मरी ट्रेभेलिय बिच भेटवार्ता
२६ फागुन, काठमाडौँ । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् ।
विदेशराज्यमन्त्री ट्रेभेलियनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् । भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको छ ।
नेपाल–बेलायत मैत्री सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन् । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।
राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले बिहीबार एक कार्यक्रम समेत आयोजना गरेको थियो । साथै उनी काठमाडौंकी उपमेयर सुनिता डंगोलसँग सम्पदा भ्रमण समेत गरेकी थिइन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply