विश्वकप लिग टु अन्तर्गत नेपालले आज यूएईसँग खेल्दै
२८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।
खेल कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
आजको खेल जित्दै नेपाल दुई खेलअघि नै ओडीआई मान्यता जोगाउने लक्ष्यमा छ ।
पहिलो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा छ । यूएई भने पपुवा न्युगिनीसँग पराजित भएको थियो ।
यूएईलाई पराजित गरेमा नेपालको ३४ खेलबाट ३६ अंक हुनेछ र अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लेनेछ ।
सात राष्ट्र सहभागी लिग टुको शीर्ष पाँचमा रहने टिमले ओडीआई मान्यता जोगाउने प्रावधान छ । यूएईका लागि पनि ओडीआई मान्यता जोगाउने नेपालविरुद्धको खेल जित्नैपर्ने अवस्थामा छ । यूएई ३३ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा छ ।
नेपालले लिग टु मा अहिलेसम्म यूएईसँग ४ खेल खेल्दा नेपालले एक पटक मात्र यूएईलाई पराजित गरेको छ ।
यस्तै नेपालले लिग टु को शीर्ष तीनमा रहेर सीधै विश्वकप क्वालिफायर्समा स्थान बनाउन बाँकी तीनवटै खेल जित्नुपर्नेछ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।
सबै ३६ खेल खेलिसकेको स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप क्वालिफायर्समा स्थान पक्का गरिसकेका छन् ।
नेपाल र यूएईको खेलमा नामिबियाको नजर हुनेछ । यदि नेपाल यूएईसँग पराजित भएमा नामिबिया तेस्रो हुँदै विश्वकप क्वालिफायरमा पुग्नेछ । ३६ खेल खेलिसकेको नामिबियाको ३९ अंक छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply