२९ फाल्गुन २०७९, सोमबार ०७:२०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जसपाकी प्रमिलाले फिर्ता लिइन् उपराष्ट्रपतिको उम्मेदवारी
२९ फागुन, काठमाडौं । आउँदो ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाट मनोनयन दर्ता गराएकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
जसपाका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि प्रमिलाले उम्मेदवारी दिएकी थिइन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायम गरेसँगै प्रमिलाले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।
जसपाबाट रामसहायप्रसाद र प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम राखेर अन्तिम नामावली सार्वजनिक गरेको भोलिपल्ट उनले आफ्नो उम्मदवारी निष्क्रिय पारेकी हुन् । उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्न सबै पार्टीलाई आग्रह गरेकी छिन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply