लघुवित्त पीडितहरूको आन्दोलन
३० फागुन,काठमाडौँ । देशका विभिन्न जिल्लामा लघुवित्त संस्थाहरूले विपन्न नागरिकलाई ठगेर घर न घाटको बनाएको भन्दै त्यसविरुद्ध गठित पीडितहरूको संघर्ष समिति काठमाडौं छिरेको छ । ५० जिल्लाका लघुवित्तपीडितहरु आन्दोलनमा सहभागी रहेको जनाइएको छ ।
आज (मंगलबार) देशभरका लघुवित्तका ऋणी तथा पीडितहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् । ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति नेपाल’ को अगुवाइमा ९ बुँदे माग राख्दै लघुवित्त ऋणी तथा पीडितहरूले राजधानीमा आन्दोलन शुरु गरेका हुन् ।
लघुवित्त संस्थाहरू खारेज गर्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनु पर्ने पनि उनीहरूले माग राखेका छन् । साथै विपन्न किसानहरूका ऋण मिनाहा गरिदिनु पर्ने उनीहरूले बताएका छन् । यस्तै विपन्नहरूलाई निःशुल्क (बिना ब्याज) ऋण उपलब्ध गराउनुपर्ने, लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने लगायतका ९ बुँदे योजनासहितका माग उनीहरूले अगाडि सारेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा लघुवित्त संस्थाहरूले विपन्न किसानलाई ठगी गरेका समाचार आएका छन् । यसअघि पनि लघुवित्तपीडितहरुले विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply