उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई सघाउने कांग्रेसको निर्णय
१ चैत, काठमाडौं । नेपाली काँग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले यादवलाई मतदान गर्ने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । बैठकले जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति सदस्य यादवलाई समर्थन गर्दै पार्टीका सांसदहरुलाई उनको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर– २ लगायतका उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारीका उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply