१ चैत्र २०७९, बुधबार १२:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने
१ चैत,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न उपराष्ट्रपति पदको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्वाचनमा तटस्थ बस्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उपराष्ट्रपति निर्वाचन यही चैत ३ गते हुँदैछ । राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ । राप्रपा राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो ।
यस्तै किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित रहेको निष्कर्ष बैठकबाट निकालिएको छ । उक्त निर्णय फिर्ता लिन माग गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply