बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने
२ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।
केही हप्ताअघि केन्द्रमा राजनीतिक समीकरण बदलिएसँगै बागमतीमा राप्रपाबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीले राजीनामा दिएका थिए । राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
गत पुस २६ गते बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी र राप्रपाको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र जलस्रोत सिचाईं तथा उर्जा मन्त्रीको रुपमा उद्धव थापासहितको मन्त्रिपरिषद् गठन भएको थियो ।
वर्तमान मन्त्रिपरिषद्मा नेकपा माओवादी र नेकपा एमालेको मात्रै मन्त्रीहरू समावेश छन् । अहिले नेकपा एमालेका तर्फबाट मन्त्रीहरूले कुनै प्रतिक्रिया नजनाई पदमा बहाली रहेको हुँदा विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको पनि प्रदेश सभा सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply