बेथानचोक र रोशीमा एमालेको ग्रासरुट
५ चैत, काठमाडौं । नेकपा (एमाले) ले गत फागुन ७ गतेबाट देशव्यापीरुपमा शुरु गरेको मिसन ग्रासरुट अभियान अन्र्तगत काभ्रे जिल्लाका बेथानचोक र रोशी गाउँपालिकामा धमाधम पार्टी संगठन सुदृढीकरणका कार्यक्रमहरु भइरहेका छन्
फागुन २० र २१ मा बसेका बेथानचोक र रोशीगाउँपालिका कमिटीका बैठकले दुइ महिने अभियान अन्र्तगत गर्ने कामको कार्ययोजना र कार्यतालिका निर्माण गरि सोही अनुरुप अहिले कार्यक्रमहरु भइरहेको अभियानका केन्द्रिय प्रतिनिधि पार्टी केन्द्रीय सदस्य गणेशकुमार पहाडीले बताए ।
केन्द्रीय सदस्य पहाडीका अनुसार बेथानचोक गाउपालिका कमिटीको फागुन २० मा सम्पन्न बैठकले वडा कमिटीहरुको बैठक र योजना निर्माण, जनसंगठनका भेला, गठन, पुर्नगठन, पार्टी प्रशिक्षण संचालन, स्ववियू निर्वाचन , नयाँ सदस्यता वितरण तथा नविकरण, सेवा दल गठनजस्ता एजेण्डमाथि छलफल गरि आवश्यक निर्णय गर्यो । जसअनुसार वडा कमिटीका बैठकहरु चैत २ गतेबाट शुरु भएका छन् भने ती बैठक चैत ७ गतेसम्म सम्पन्न गरिसक्ने गरि कार्यतालिका बनाइएको छ । वडा कमिटीका बैठकहरुबाट टोल स्तरसम्म अभियान संचालन गर्ने, वडास्तरका जनसंगठन निर्माण गर्ने,, पार्टी सदस्य स्वयं उपस्थित गराएर सदस्यता नवीकरण गर्ने, टोल कमिटी नभएका ठाऊमा टोल कमिटी गठन गर्ने, नयाँ सदस्यता सिफारिस गर्ने जस्ता काम भइरहेको केन्द्रिय सदस्य पहाडीले बताए ।
त्यस्तै चैत ११ गतेसम्म जनसंगठनहरुका भेला सम्पन्न गर्ने, चैत मसान्तभित्र सबै वडामा पार्टी प्रशिक्षण सम्पन्न गर्ने गरि व्यवस्थित ढंगले काम भरुहेको र यसले पार्टी कार्यकर्तामा पनि उत्साह जगाएको उनले बताए ।
त्यस्तै स्ववियू निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउदै पार्टीको पक्षमा परिणाम निकाल्न जिल्ला कमिटी सचिवालय सदस्य सुदर्शन थापाको संयोजकत्वमा पालिकास्तरीय सहयोग संयन्त्र निर्माण गरिएको छ भने सचिवालय सदस्य थापाकै संयोजकत्वमा पालिकास्तरीय सेवा दल निर्माण गरिएको छ । सेवा दलले गाउपालिकामा भएका योजनाहरुको औचित्य र प्रभावकारी कार्यन्वयन, सेवाग्राहीले भोग्नुपरेका पीरमार्काआदिबारे अध्ययन गरि समस्या समाधानका लागि आवश्यक कार्य गर्ने बताइएको छ । सो गाउपालिकामा यो अभियान अन्र्तगतका पहिलो चरणका कार्यक्रमहरु सम्पन्न भएपछि चैत १६ गते गाउपालिका कमिटीको अर्को बैठक बस्ने मिति तोकिएको छ ।
केन्द्रिय सदस्य गणेशकुमार पहाडीकै प्रमुख आतिथ्यतामा फागुन २१ मा सम्पन्न रोशी गाउपालिका कमिटीको बैठकले पनि सो पालिका अन्र्तगत गर्ने कामको योजना , कार्यतालिका साथै अभियानको नेतृत्व र जिममेवारी तोकेर कार्यक्रमहरु संचालन गरिरहेको छ । जसअनुसार चैत १२ गतेसम्म सो गाउपालिकाका १२ वटै वडाका बैठक सम्पन्न गर्ने गरि कार्यतालिका बनाइएको छ । वडा तहमा पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता सिफारिस, प्रशिक्षण जस्ता कार्यक्रममात्र नभएर वडाभित्र रहेका शहिद परिवार, सेल्टरदाता, ज्येष्ठ नागरिकक, सामाजिक क्षेत्रका विशिष्ठ व्यक्तिलाई सम्मान गर्ने, विदेशमा रहेका एमाले समर्थित व्यक्तिहरुको नाम संकलन गर्ने जस्ता काम पनि भइरहेका छन् ।
अभियान अन्र्तगत नै चैत २५ गते सो गाउपालिकाभित्र रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, नागरिक अगुवा,, व्यवसायी, संचारकर्मीहरुसंग अन्र्तक्रिया गर्ने जनाइएको छ । त्यस्तै, पार्टीको सांगठानिक र राजनीतिक गतिविधीलाई सक्रिय बनाउन नेकपा एमाले रोही गाउपालिका कमिटीको नाममा सिद्धार्थ बैकमा खाता संचालन गर्ने र पार्टीका सवै नेता, कार्यकर्ता र शुभेच्छुकलाई सो अभियानमा सक्रिय सहभागी बन्न आब्हान गर्ने निर्णय भएको केन्द्रिय सदस्य पहाडीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply