निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ
६ चैत, काठमाडौं । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ भएको छ । नव निर्वाचित उपराष्ट्रपति रामसहाय यादवको शपथ ग्रहण कार्यक्रमसँगै निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ गरिएको हो ।
उपराष्ट्रपति यादवको शपथ समारोहमा निवर्तमान उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठको आँखीझ्याल दिएर बिदाइ गरेका हुन् । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आँखीझ्याल नै दिएर बिदाइ गरिएको थियो ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । आफ्नो कार्यकाल टुंगिँदै गर्दा पुनले आफ्नो कार्यकाल सफल र सुखद बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका हुन् । उनले आगामी दिनमा देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै पुनले दुई कार्यकाल गरी ७ वर्ष ५ महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नोसँग सौहार्द र सहयोगात्मक सम्बन्ध रहेको जिकिर गरेका छन् । संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमानदारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोसिस गरेको उनको जिकिर छ ।
उनले भनेका छन्, मलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउन समेत सहयोग गर्ने राजनीतिक दलहरूप्रति धन्यवाद ज्ञापन गर्दछु । कार्यकाल सफल र सुखद बनाउन पूर्ण सहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछु । यस अवधिमा उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पादन गर्ने कर्मचारीहरू, निजी सचिवालयका सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सञ्चार क्षेत्र, विभिन्न संघ संस्था र आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सहयोग र सद्भावका लागि हृदयदेखि धन्यवाद छ ।
उपराष्ट्रपति यादवको शपथ ग्रहण समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधानमन्त्री प्रचण्ड सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थित थियो । उपराष्ट्रपति यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply