निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ
६ चैत, काठमाडौं । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ भएको छ । नव निर्वाचित उपराष्ट्रपति रामसहाय यादवको शपथ ग्रहण कार्यक्रमसँगै निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ गरिएको हो ।
उपराष्ट्रपति यादवको शपथ समारोहमा निवर्तमान उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठको आँखीझ्याल दिएर बिदाइ गरेका हुन् । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आँखीझ्याल नै दिएर बिदाइ गरिएको थियो ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । आफ्नो कार्यकाल टुंगिँदै गर्दा पुनले आफ्नो कार्यकाल सफल र सुखद बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरेका हुन् । उनले आगामी दिनमा देशको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।
एक विज्ञप्ति जारी गर्दै पुनले दुई कार्यकाल गरी ७ वर्ष ५ महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नोसँग सौहार्द र सहयोगात्मक सम्बन्ध रहेको जिकिर गरेका छन् । संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमानदारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोसिस गरेको उनको जिकिर छ ।
उनले भनेका छन्, मलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउन समेत सहयोग गर्ने राजनीतिक दलहरूप्रति धन्यवाद ज्ञापन गर्दछु । कार्यकाल सफल र सुखद बनाउन पूर्ण सहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछु । यस अवधिमा उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पादन गर्ने कर्मचारीहरू, निजी सचिवालयका सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सञ्चार क्षेत्र, विभिन्न संघ संस्था र आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सहयोग र सद्भावका लागि हृदयदेखि धन्यवाद छ ।
उपराष्ट्रपति यादवको शपथ ग्रहण समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधानमन्त्री प्रचण्ड सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थित थियो । उपराष्ट्रपति यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply