थ्री नेशन्स कपमा नेपालको विजयी सुरुवात
८ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।
नेपाललाई जिताउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।
३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत सानदार गोल गर्दै खाता खोलेका थिए ।
यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा अर्को सानदार गोल गरेर नेपालको अग्रता २-० बनाए ।
नवुयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् भने दुइ वर्षयता पहिलो गोल गरेका हुन् । सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा उनले गोल गरेका थिए ।
खेलमा लाओसले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेन ।
दोस्रो हाफको ६६ औं मिनेटमा लाओसका अन्तजा सिफोङफानले गोलकिपर किरण लिम्बुलाई बिट गर्दा अर्का खेलाडी बौनपाचाङ बौङकोनले पोष्टमा हानेको बल अनन्त तामाङले बचाए ।
यस्तै ७० औं मिनेटमा अन्तजा सिफोङफानले प्रहार गरेको बल डिफेन्डर रोहित चन्दले हेडरमार्फत क्लियर गरिदिए ।
नेपालका लागि ७२ औं मिनेटमा मनिष डाँगीले मिलाएको बलमा नवयुगको पासलाई आयुस घलानले पोस्टको दिशा दिन सकेनन् ।
नेपालको प्लेइङ ११ : किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ र विकास खवास
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply