९ चैत्र २०७९, बिहीबार ०३:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त
९ चैत, सुर्खेत । कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी यसअघि योजना आयोगको सदस्य भइसकेका व्यक्ति हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका शाही बौद्धिक नेताका रूपमा परिचित छन् । शाही दैलेखका हुन् ।
यस्तै मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रूपमा रुकुम पश्चिमका भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । शर्मा कर्णाली प्रदेशका पूर्व मुख्य सचिव हुन् । वरिष्ठ आर्थिक सल्लाहकारमा भने शालिकराम पोख्रेललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply