राष्ट्रपति पौडेल गोरखा जाँदै, सुरक्षा प्रबन्ध सामान्य
१२ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् ।
उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानेछन् । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सर्वसाधारण प्रभावित नहुने गरी यातायात तथा सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
प्रजिअ भुसालका अनुसार राष्ट्रपति पौडेल आउ-जाउ गर्ने सडकको यातायात होस् या मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ । उनले भने, सर्वसाधारण प्रभावित नहोउन् भनेर हामीले एकदमै सिम्पल तरिकाले आवश्यक प्रबन्ध गरेका छौं ।
यसअघि राष्ट्रपति पौडेल साधारण तरिकाले काठमाडौंको बसन्तपुर दरबारमा जाँदा उनको प्रशंसा भएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply