प्रहरीको आन्तरिक सुदृढीकरण गर्छु : आईजीपी कुँवर
१२ चैत,काठमाडौँ । नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले नेपाल प्रहरी राज्यको पहिलो अनुभूति दिलाउने अंग रहेको भन्दै राज्यप्रतिको भरोसा बढाउन प्रहरीको आन्तरिक सुदृढीकरणमा जोड दिने बताएका छन् ।
महानिरीक्षकमा बढुवा भएपछि आज (आइतबार) दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि महानिरीक्षक कुँवरले प्रहरी नागरिकका हरेक दुःख र पीडाको प्रत्यक्ष साक्षी र सहयोगी रहेको बताए ।
‘प्रहरी संगठन समाजभन्दा अलग छैन । समाजमा देखिने राम्रा नराम्रा सबै पात्रहरू प्रहरीमा छन् । प्रहरीमा सुधार आवश्यक छ, तर त्यसका लागि दिन गनेर बस्ने छुट पनि छैन, महानिरीक्षक कुँवरले भने, कसैले मार्ग बिराएका छन् भने तिनीहरूले आफूलाई नसुधारेर विकल्प छैन । प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो, म यसबाट किञ्चित पनि डगमगाउने छैन ।
उनले आफ्नो कार्यकालमा प्रहरीले नागरिकमा राज्यप्रतिको भरोसा र प्रगाढता बढाउने गरी काम गर्ने र कार्ययोजना बनाउने बताए । महानिरीक्षक कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले गत शुक्रबार कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply