कांग्रेस उपसभापति खड्काले संसदमा मागे माफी
१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद् पूर्णबहादुर खड्काले संसदमा माफी मागेका छन् । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसदमा नियमापत्ति जनाएपछि खड्काले माफी मागेका हुन् । बर्तौलाले भने, ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन । सदनको गरिमालाई धज्जी उडाउँदै माननीय सदस्यबाट यसप्रकारको काम भइरहको छ ।
बर्तौलाले प्रतिनिधि सभा नियमावलीको प्रावधान उल्लंघन गरी मर्यादा विपरीत काम भइरहेको बताएका छन् । बैठकमा सांसद बलराम अधिकारी विशेष समयमा आफ्ना धारणा राखिरहेको बेला सांसद खड्का बैठक हलमा प्रवेश गरेका थिए्।
सांसद खड्का अर्का सांसद अधिकारी बोलिरहेका बेला अगाडिबाट आफ्नो सिटमा गएर बसेका थिए । बर्तौलाले भविष्यमा अरू सांसदहरूलाई पनि काम लाग्ने बताएका थिए । लगत्तै सांसद् खड्काले आफूबाट नियम मिचिएको स्वीकार्दै क्षमा मागे ।
खड्काले भने, ‘नदेखाको कारणले माननीयले उल्लेख गर्नु भए अनुसार मैले नियमावलीको त्यो दफालाई उल्लंघन गरें, त्यसका लागि म क्षमा माग्न चाहन्छु । सभामुख देवराज घिमिरेले नियमापत्तिको सांसद्ले उठाएका कुराहरूलाई उचित ढंगबाट ध्यान पु¥याउन आग्रह गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply