गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार टुंगो लगाउने
१४ चैत, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा आज दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो । सोही बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ । दोस्रो पटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।
तर, मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर, न्यूनतम साझा कार्यक्रमका लागि समय लाग्ने भएकाले पहिले मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply