राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजपीडितले गरे नाराबाजी
१४ चैत, काठमाडौं । मिटर ब्याजीपीडित आज बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् । अहिले उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
सोहीक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही उनीहरूका मागमा समर्थन जनाउन माइतीघर पुगे । उनले पार्टीका तर्फबाट उनीहरूका मागमा ऐक्यबद्धता जनाए । तर, मिटर ब्याजीपीडितले उल्टै उनीविरुद्ध नारा लगाएका छन् । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् । आफूहरूका समस्यालाई राजनीतिकरण नगर्न उनीहरूले शाहीलाई आग्रह समेत गरेका छन् ।
११ दिन पैदल हिँडेर सोमबार उनीहरू काठमाडौं आइपुगेका थिए । पीडितले सोमबार खुलामञ्च अगाडि प्रदर्शन गरेका थिए । आज बिहानैदेखि पुनः विरोध सुरु गरेका हुन् । उनीहरूले ‘मिटर ब्याजीलाई कारबाही गर’ मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर’ ‘पीडितलाई न्याय दे’ तमसुक व्यवस्था खारेज गरलगायत प्लेकार्ड प्रदर्शन गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply