प्रचण्ड र शेरबहादुरले देशको भूगोल खुम्च्याए : ओली
१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देशको भूगोल घटेको बताएका छन् । एमालेले पाल्पामा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको आरोप लगाए ।
‘नेकपा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोल अलिकति सानो भो, सीमा मिचियो’ ओलीले भने, मैले प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरुले अलिकति खुम्च्याए । अलिकति उनीहरुले आफ्नो भूभाग नदेखेझैं गरे ।’
सीमा रक्षा गर्ने सरकारमा हुनेहरुको कर्तव्य भए पनि उनीहरुले नदेखेजस्तो गरेको ओलीले बताए । ए हो र मैले त देखिन …! कस्तो दलाली, कस्तो चाकडी ? उनले भने ।
ओलीले भारततर्फ संकेत गर्दै अब आफूविरुद्ध प्रचण्ड र देउवा कुरा लगाउन जाने टिप्पणी गरे । ‘मैले यति बोलेपछि कुम्लो कुटुरो बोकेर कुरा लाउन जान्छन् । हजुर पाल्पामा केपी ओलीले नेपालको सीमा घटायो भन्यो नि त्यसलाई आउन दिनु हुदैन भनेर’ उनले भने ।
ओलीले अब आफूलाई प्रधानमन्त्री बन्ने रहर नभएको बताए । ‘प्रधानमन्त्री बनिसकेँ, काम गरेर देखाइसकेँ, तपाईहरुले माया गर्नुभएको छ, मलाई पुगेको छ’ उनले भने, तर देश त जोगिनुपर्यो नि देशको रक्षा हुनुपर्यो नि ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
Leave a Reply