ह्वाट्सएप र टेलिग्रामबाट करोडौं ठगी गरेको अभियोगमा १९ जना पक्राउ
१५ चैत, काठमाडौं ।मोबाइल एप्पलिकेशन ह्वाट्स एप र टेलिग्रामबाट करोडौं ठगी गरेको अभियोगमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगीको अभियोगमा ९ चिनियाँ र १० नेपाली पक्राउ परेका हुन्।
अनलाइनबाट ठगी गर्न उनीहरुले काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएको खुलेको छ। उक्त अवैध कारोबारमा मुख्य रुपमा चिनियाँ नागरिकहरु संलग्न रहेको खुलेको छ।
उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ठगेको खुलेको छ।
ठगीमा संलग्नहरुले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ।
उनीहरु अधिकांशलाई बूढानीलकण्ठ ननरपालिका २ महादेवखोला र काठमाडौं महानगरपालिका चण्डोलबाट पक्राउ गरिएको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply