सरकारसँग ५ बुँदे सहमति, मिटर ब्याजपीडितको आन्दोलन फिर्ता
१८ चैत, काठमाडौँ । मिटरब्याज पीडितहको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितहरुले आन्दोलन रोक्न सहमति जनाएका हुन् ।
सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो । सरकार र पीडितबीच पाँच बुँदे सहमति भएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला, उपसचिव जंगबहादुर डाँगी, उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक दिनेराज मैनाली र उपसचिव दिलकुमार तामाङले हस्ताक्षर गरेका छन् ।
यस्तै, पीडितको तर्फबाट वार्ता समितिका संयोजक मनोज पासवान तथा सदस्यहरु श्यामकुमार चौधरी, सङ्घर्ष दाहाल, रामरिझन यादव र छेदिलाल पासवानले हस्ताक्षर गरेका छन् । सरकारले समस्याको समाधान नगरेको भन्दै महोत्तरीबाट १२ दिन हिँडेर गएको आइतवार काठमाडौँ आएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply