सांसद डाँगीको प्रश्न : सदनमा म बसिरहेको कुर्सी कुन देशबाट आएको हो ?
१९ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताएकी छिन् ।
आज (आइतबार) को प्रतिनिधि सभाको शून्य समयमा बोल्दै डाँगीले प्रधानमन्त्री, सभामुख र आफू बसेको संसदको कुर्सी कुन देशबाट आयात भएको हो ? भन्दै प्रश्न गरेकी छिन् ।
‘म बस्ने कुर्सी कुन देशबाट आएको हो ? कुर्सीका लागि जुन झगडा हुन्छ, त्यो प्रधानमन्त्री र सभामुखको कुर्सी कुन देशबाट आएको हो ?, डाँगीले प्रश्न गरिन् । उनले सरकारले आन्तरिक उत्पादन बढाउन के कस्ता योजना बनाएको छ जानकारी गराउन पनि आग्रह गरेकी छिन् ।
उनले आर्थिक वर्ष २०७८ र ७९ मा ८८ हजार केजी बरारबको टुथपिक र २६ लाख केजीबराबरको ट्वाइलेट पेपर आयता भएको उल्लेख गर्दै राज्यले आत्मनिर्भर हुने प्रयास नै नगरेको बताइन्।
टुथपिक र ट्वाइलेट पेपरमा ४१ करोड बरारबरको पैसा बाहिरिएको छ, उनले भनिन्, टथपिकदेखि स्याम्पुसम्म, मोबाइलदेखि कारसम्म ठूलो मात्रामा आयात हुन्छ। हुँदा हुँदा चामलसम्म आयात भइरहेको छ। आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ?
यस्तै उनले सिंहदरबार, बालुवाटार, शीतलनिवास र संसदको क्षेत्रलाई आत्मनिर्भर क्षेत्र घोषणा गर्न पनि माग गरेकी छिन् । यी स्थानमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म । कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्न उनले संसदको ध्यानकर्षण समेत गराएकी छिन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply