मिटरब्याजपीडितको अर्को टोली पनि काठमाडौंमा, सहमति फितलो भएको भन्दै प्रदर्शन
२० चैत, काठमाडौं ।मिटरब्याजपीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्।
देशभरका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याजपीडितको दोस्रो टोलीले सोमवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरुले सिंहदरबार अगाडि कार्यक्रम गरेका छन्।
यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो।
सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।
सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको छ। तर, सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएर आन्दोलन शुरु गरेका हुन्।
सोमवार काठमाडौंमा आएका मिटरब्याजी पीडितहरुले मिटरब्याजबिरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन्।
मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर पीडितहरुले ‘किसानको भूमि फिर्ता गर, फर्जि तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटरब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पिडित किसान एक हौं’ जस्ता नारा समेत लगाएका छन्।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply