तनहुँ–१ मा नौं दलको उम्मेदवारी दर्ता
२० चैत, तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ नौं दलले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा साँझ ५ बजेसम्म नौं दलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, एमालेबाट सर्वेन्द्र खनाल, मंगोल नेशनल अर्गनाइजेसन प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादी गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी शोभा गुरुङ, नेपाली कांग्रेस गोविन्द्र भट्टराई, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन दर्ताको समय ५ बजेसम्म रहेको छ । गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
यी हुन् उमेदवार
१) रामप्रसाद प्रजापति – नेपाल मजदुर किसान पार्टी
२) पूर्णबहादुर राना – राष्ट्रिय जनमुक्ति पार्टी
३) सर्वेन्द्र खनाल – नेकपा (एमाले)
४) प्रेमबहादुर थापा – मंगोल नेसनल अर्गनाइजेसन
५) गणेश श्रेष्ठ – नेकपा (समाजवादी)
६) गोविन्द भट्टराई – नेपाली कांग्रेस
७) शोभा गुरुङ – राष्ट्रिय प्रजातन्त्र पार्टी
८) भीमबहादु सुनार – नागरिक उन्मुक्ति
९) स्वर्णिम वाग्ले – राष्ट्रिय स्वतन्त्र पार्टी
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply