रविविरुद्धको राहदानी दुरुपयोगको रिटमा आज सुनुवाइ हुँदै
![रविविरुद्धको राहदानी दुरुपयोगको रिटमा आज सुनुवाइ हुँदै रविविरुद्धको राहदानी दुरुपयोगको रिटमा आज सुनुवाइ हुँदै](https://ebudhabar.com/wp-content/uploads/2023/01/Rabi_Lamichhane-Home-minister.jpg)
२२ चैत, काठमाडौ । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज (बुधबार) सुनुवाइ हुने भएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आज (बुधबार) का लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ । यसअघि अदालतले लामिछानेले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको भन्दै उनको सांसद खारेज गरेको थियो । सर्वोच्चको फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply