रविको राहदानी मुद्दा न्यायाधीश फुँयालको इजलासमा
२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ । सुनुवाइ पेसी सूचीको ‘ज’ नम्बरमा छ ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए । सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।
सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।
महान्यायाधीवक्ताले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरित रहेको भन्दै पौडेलले रिट दायर गरेका हुन् । पौडेलले यसअघि लामिछानेको सांसद पदको अयोग्यतासम्बन्धी रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो ।
सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी राहादनी सम्बन्धी कसुर गरेको पहिले नै स्थापित भएको उल्लेख छ । लामिछानेविरुद्धको सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरीकी नागरिक रहँदारहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए ।
राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको विवरण पेस गरि राहदानी प्राप्त गरेका थिए । सो कार्य राहदानी ऐन, २०७६ र साविक को राहदानी ऐन, २०२४ बमोजिम राहदानीसम्बन्धी कसुर रहेको भन्दै लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गरिएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply