रविको राहदानी मुद्दा न्यायाधीश फुँयालको इजलासमा
२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ । सुनुवाइ पेसी सूचीको ‘ज’ नम्बरमा छ ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए । सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।
सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।
महान्यायाधीवक्ताले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरित रहेको भन्दै पौडेलले रिट दायर गरेका हुन् । पौडेलले यसअघि लामिछानेको सांसद पदको अयोग्यतासम्बन्धी रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरिदिएको थियो ।
सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी राहादनी सम्बन्धी कसुर गरेको पहिले नै स्थापित भएको उल्लेख छ । लामिछानेविरुद्धको सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरीकी नागरिक रहँदारहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए ।
राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको विवरण पेस गरि राहदानी प्राप्त गरेका थिए । सो कार्य राहदानी ऐन, २०७६ र साविक को राहदानी ऐन, २०२४ बमोजिम राहदानीसम्बन्धी कसुर रहेको भन्दै लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गरिएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply