साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज : प्रधानमन्त्री
२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार १० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको बताएका छन् ।
आज (बिहीबार) सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले आज सार्वजनिक भएको साझा न्यूनतम कार्यक्रममा अघिल्लो गठबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रमको राम्रा पक्षहरू व्यवस्थित र परिमार्जित भएर समावेश भएको जिकिर गरे ।
कार्यक्रमको ड्राफ्ट पढेर बुद्धिजीवी र केही नेताहरूले समेत प्रशंसा गरेको भन्दै यसको कार्यान्वयन अहिलेको अवाश्यकता भएको बताए । साथै उनले अन्तर्यमा हेर्दा साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको जानकारी दिए ।
यो विकसित र परिमार्जन भएर आएको छ । १० दलको दिमाग मात्र होइन अघिल्लो सरकारमा भएका पार्टीका नेताहरूको पनि यसमा दिमाग छ’, प्रधानमन्त्री प्रचण्डले भने, अन्त्यमा गएर हेर्दा यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्याक्रम हो । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकार राजनीतिक दल र कर्मचारीहरूको पनि हो । उनले जनताले वर्तमान गठबन्धन र सरकारबाट जनताले धेरै अपेक्षा राखेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply