प्रधानमन्त्री प्रचण्ड पूर्णरुपले असफल : योगेश भट्टराई
२५ चैत,ताप्लेजुङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले संसदीय शक्तिको उच्च प्रतिस्पर्धामा रहेका मुख्य दल एमाले र कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल ताप्लेजुङले आज (शनिबार) फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले संसदीय प्रतिस्पर्धामा सफल राजनीतिक दलहरुले सरकारको नेतृत्व गरे अन्तर्राष्ट्रिय क्षेत्रको समेत विश्वास जित्न सकिने जिकिर गरे । ‘पूर्णतया सफल त कोहि पनि छैन । तर संसदीय प्रतिस्पर्धामा कि कांग्रेस सफल हो, कि एमाले, उनले भने । अर्थतन्त्रको अहिलेको अवस्थाको सुधारका लागि पनि संसदीय व्यवस्थाका सफल दलहरुको नेतृत्वमा सरकार बन्नुपर्ने उनले जिकिर गरे ।
उनले माओवादी केन्द्रलाई संसदीय व्यवस्थाभित्र असफल शक्तिको रुपमा उल्लेख गरेका छन् । माओवादी केन्द्रलाई संसदीय व्यवस्थामा कसैको सहराबेगर आफ्नो राजनीतिक अस्तित्व जोगाउन नसक्ने शक्तिको संज्ञा दिँदै भट्टराईले माओवादीकै कारण देश अधोगतितर्फ उन्मुख हुन थालेको आरोप लगाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर, अलोकतान्त्रिक र संसदीय मूल्य–मान्यताविरुद्ध लागेको आरोप लगाउँदै उनले भने, दुई महिनामै पार्टनर फेर्ने प्रधानमन्त्रीजीलाई अब कर्मचारी, प्रहरी, सेना र अन्य अन्तर्राष्ट्रिय शक्तिले टेर्न र पत्याउन छाडेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply