तीन दलका शीर्ष नेताको बैठक स्थगित
१ वैशाख, काठमाडौं । सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगन गरिएको छ । आज (शुक्रबार) बस्ने भनिएको बैठक स्थगन गरिएको सभामुख देवराज घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
दिउँसो १ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक बोलाइएको थियो । बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी हुने भनिएको थियो ।
तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगन भएको बुझिएको छ । अब बैठक कहिले बस्ने भन्ने टुंगो छैन । सभामुखले संसद्को ‘बिजनेस’, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठनलगायत विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन् । विशेष गरी संक्रमणकालीन न्यायलाई निकास दिन संसद्मा प्रस्तुत गरिएको विधेयक संसदीय समितिमा नलगी पारित गर्ने विषयमा सहमति जुटाउने सत्ता गठबन्धनको तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply