परराष्ट्रमन्त्री बन्दै एनपी साउद, भोलि शपथ
२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । आठौं पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री नियुक्तिको तयारी गरेका हुन् ।
साउदले भोलि आइतबार दिउँसो ३ बजे शपथ ग्रहण गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नका लागि कांग्रेसले बालुवाटारमा पत्र समेत पठाइसकेको छ । भोलि दिउँसो ३ बजे कांग्रेसबाट अहिले उनको मात्र शपथ हुने स्रोतले बतायो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको छ । जसमध्ये यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको छ ।
पछिल्लो पटक गत फागुन १७ गते प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतिबेला कांग्रेसबाट उपप्रधान तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाश शरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र शहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply