तीन वटा जहाज खरिद गर्ने निगमको तयारी
४ वैशाख, काठमाडौँ । वायु सेवा निगमले आन्तरिक उडानका लागि तीन वटा साना जहाज खरिद गर्ने तयारी अगाडि बढाएको छ ।
दुर्गम क्षेत्रका आम जनताको मागलाई सम्वोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्र (स्टोल) मा उडान भर्न सक्ने ३ वटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाएको निगमले जनाएको छ ।
यस कार्यमा विशेष पहल गरी यथाशक्य छिटो त्यस प्रकारका जहाज खरिद कार्य सम्पन्न गर्नको लागि निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
सो सम्बन्धमा उप समितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको र कार्य अघि बढाएको निगमको भनाई छ । यी जहाजहरु निगमले आफ्नै आन्तरिक स्रोतबाट निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमले नयाँ ३ वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने निगमको भनाई छ ।
साथै पर्यटन प्रबर्द्धन हुने, निगमको उपस्थितिले वजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने तथा यसबाट आफ्नो राष्ट्रिय र सामाजिक उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगमले विश्वास लिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply