कर्णाली प्रदेशमा कांग्रेसबाट तीन मन्त्रीले आज शपथ लिँदै
६ वैशाख, सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि कांग्रेसले सहभागी हुन लागेको हो ।
जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीले आज (बुधबार) शपथ लिँदैछन् । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलबार तीन जनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।
कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्णकुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्गबहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् । सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले शपथ ग्रहण गराउँदै छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply