यूएईमा नेपाली चालकले जिते ७१ करोड
६ वैशाख, काठमाडौँ । यूएइ (दुबई) मा कार्यरत एक नेपालीले झण्डै ७० करोड रुपैयाँ बढीको चिट्ठा जितेका छन् । यूएईमा गाडी चालकको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफलले चिट्ठा (ड्र) मार्फत २० मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार ७१ करोड ७७ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको चिट्ठा जितेको यूएईको स्थानीय सञ्चार माध्यम खाजिल टाइम्सले खबर लेखेको छ । खाजिल टाइम्सले उल्लेख गरे अनुसार पदमले चिट्ठाको पाँचै नम्बर मिलाएका छन् ।
उनले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ । सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठूलो चिट्ठा जित्ने पदम पहिलो सहभागी भएका छन् । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भनेका छन्, ‘मलाई अझै विश्वास लागिरहेको छैन ।
पदमले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका छन् । उनी २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिरहेका छन् । उनले आफूले यसअघि पनि केही मात्रामा यस्तो चिट्ठा रकम जितेको बताएका छन् ।
तर आफूले यति ठूलो रकम जित्छु भन्ने सपनामा समेत नदेखेको पदमको भनाई छ । उनले पहिलो लक्की नम्बर आफ्नो श्रीमती र छोरीसँग सोधेर राखेको र त्यसपछिको अर्को नम्बर आफाले राखेको बताएका छन् । पदमले आफूले मेहनत गरेर कमाएको रकमबाट पनि विभिन्न सहाय र पीडित व्यक्तिहरूलाई सहयोग गरेको भन्दै अब झन् सहयोग गर्न आफूसँग पैसा भएको भन्दै खुशी व्यक्त गरेका छन् ।
मैले दृष्टिविहीन व्यक्तिहरूलाई पनि सहयोग गरेँ, बुढाबुढी मानिसहरू जो रोडमा हिँडिरहेका हुन्छन् उनीहरूलाई पनि मैले सकेको सहयोग गरेँ’ पदमले भनेका छन्, अब त मसँग ठूलो रूपमा अरूलाई सहयोग गर्न पनि पैसा भएको छ । खबरमा नेपाली नागरिक पदमले चिट्ठा जितेको उल्लेख गरे पनि नेपालको ठेगाना र थर भने उल्लेख गरिएको छैन । यसअघि गुल्मीका भरत विकले पनि महजुजको लक्की ड्रमार्फत झण्डै ३५ करोड रुपैयाँको चिट्ठा जितेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply