खानीखोलाको जङ्गलमा डढेलो, सचेत रहन आग्रह
७ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि डढेलो लागेको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा डढेलो भएको गाउँपालिकाले जनाएको छ ।
डढेलोबाट भौतिक एवं मानवीय क्षति नभए पनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि डढेलो लागिरहेको भइरहेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ । ‘डढेलो लाग्नुको कारण खोज्दैछौँ, जङ्गलको डढेलो बस्तीतर्फ आउन सक्नेबारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ’, थिङले भने ।
गत हप्ता तेमाल गाउँपालिकाको ८ र ९ वडास्थित मेच्छे जङ्गलमा लागेको डढेलो स्थानीय र सुरक्षाकर्मीद्वारा तीन दिनमा नियन्त्रणमा ल्याइएको थियो । उक्त डढेलोबाट निजी वनमा रोपिएको करिब दुई हजार कटहरका बिरुवा समेत नष्ट भएको स्थानीय सुकुमान तामाङले बताए ।
गत चैतमा पनि गाउँपालिकाको केही जङ्गलमा डढेलो लागेपछि गाउँपालिकाले सुक्खायाममा आगलागीजन्य सामग्रीको
अत्यावश्यक बाहेक अन्य कामकाजमा प्रयोग नगर्न, डढेलो लाग्न नदिन तथा त्यसबाट बच्न सचेतनामूलक अपिल गरेको थियो । त्यसबेला डढेलोबाट सबैभन्दा बढी वडा नं ५ स्थित जङ्गलमा रुख, बिरुवा क्षति भएको गाउँपालिकाले जनाएको छ । सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा केही दिनमा डढेलो नियन्त्रणमा ल्याइएको थियो ।
लामो समयको खडेरीपछि निरन्तर हावाहुरी तथा तापक्रम बढिरहेको अवस्थामा सामुदायिक वन तथा निजी क्षेत्रमा डढेलो हुनसक्ने भएकाले उक्त गाउँपालिकाले सेचत रहन आग्रह गरेको हो । यसअघि गत माघ तेस्रो साता धुलिखेल नगरपालिका–९ ठूलीचौरस्थित धोबीखोला सामुदायिक वनमा डढेलो लागेपछि सदरमुकामस्थित कालीजङ्ग गणको टोलीले दिनभरको प्रयासपछि नियन्त्रणमा लियो । डढेलोबाट ठूलीचौरमा रहेका विभिन्न जातका रुख बिरुवा नष्ट भएका थिए ।
जङ्गलसँगै जोडिएको बस्तीमा क्षति पुग्न सक्ने भएकाले नेपाली सेनाको टोलीले जङ्गलमा लागिरहेको डढेलो नियन्त्रणमा लिने अथक प्रयास गरेको थियो । अघिल्लो चैतमा नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर रहँदा निकै तनावको अवस्था सिर्जना गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले डढेलोका घटना हुनसक्ने जनाउँदै पूर्व तयारीसँगै स्थानीय सरकारसँग विपद् व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ । उसले आगो लागिसकेपछि पूर्ण नष्ट नभएसम्म नियन्त्रणमा लिन कठिन हुने भएपछि सबैमा सचेत रहन अपिल गर्दै आएको छ ।
डिभिजन वन कार्यालय धुलिखेलले जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोट बिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जङ्गली जन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको घटनाक्रमले देखाएको छ । सामुदायिक वनमा डढेलो लाग्न नदिन कार्यालयले जिल्लाको विभिन्न स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राख्नुको साथै डढेलोबाट हुने बेफाइदा, हानी नोक्सानी र कानुनी व्यवस्थाको बारेमा माइकिङ समेत गर्दै आएको जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply