१० हजार मत गन्न बाँकी छँदै रविले कटाए ५० हजार मत
१२ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर–२ मा जारी मत गणनामा रवि लामिछानेले ५० हजार मत कटाएका छन् । योसँगै रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब ४१ हजार मतको अग्रता कायम गरेका छन् ।
योसँगै रास्वपा सभापति रविले मंसिर ४ को चुनावमा आफूले प्राप्त गरेको नतिजाको आफ्नै रेकर्ड तोडेका छन् । यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए । तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गएको थियो । सोही कारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो । जसको मत गणना जारी छ। अब १० हजारजति मत मात्र गन्न बाँकी छ ।
पछिल्लो मतपरिणाम अनुसार रविले ५० हजार २९ मत पाएका छन् । लामिछानेलाई टक्कर दिने मानिएका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याएका छन् । रवि जीतनारायणभन्दा ४० हजार ८६४ मतको फराकिलो मतान्तरले अगाडि छन् । नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply