एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने
१४ वैशाख, काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने भएका छन् । आज (बिहीबार) मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो ।
आजै त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कतारलाई हराउँदै नेपाल समूह ‘ए’ को विजेता बनेको थियो । यस्तै अर्काे सेमिफाइनलमा समूह ’बी’ को विजेता यूएईले समूह ‘ए’ को उपविजेता ओमानसँग खेल्ने भएको छ ।
दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचको खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply