रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा
१७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेताबाट डोलप्रसाद (डीपी) अर्यालले राजीनामा दिएका छन् । शनिबार उनले दलको उपनेता विराजभक्त श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन ।
उनले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता हुने गरी मार्गप्रशस्त गरेका हुन् । आफूले ‘विषम अवस्था’मा संसदीय दलको नेताको जिम्मेवारी सम्हालेको उनले उल्लेख गरेका छन् । अब पुनः लामिछाने नै संसदीय दलको नेता हुनुपर्ने आफ्नो मत रहेको पनि उनले जनाएका छन् ।
हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरा अभिमत रहेको छ, उनले राजीनामा पत्रमा लेखेका छन्, त्यसैले मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मितिदेखि लागु हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पद त्याग गर्दै राजीनामा पेस गर्दछु…।
नागरिकता प्रकरणमा सांसद पद गुमाउनुअघि लामिछाने नै रास्वपा संसदीय दलको नेता थिए । यही वैशाख १० गते भएको उपनिर्वाचनबाट उनी पुनः सांसद बनेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply